Saturday, February 3, 2018

मतदानस्थलमा उपस्थित हुन कांग्रेसको निर्देशन

काठमाडौं, माघ २० । नेपाली कांग्रेसले सातओटै प्रदेशमा हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा सहभागी हुन यही माघ २२ गतेभित्रमा आ–आफ्नो मतदानस्थलमा उपस्थित हुन सम्बद्ध सबैमा आग्रह गरेको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचन यही माघ २४ गते सातओटै प्रदेशमा हुँदैछ ।

कांग्रेसले स्वदेश तथा विदेशमा जहाँ रहेको भ पनि राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभाका सदस्य र स्थानीय तहका नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई अनिवार्य उपस्थित भइ पार्टीको आधिकारिक उम्मेदवारलाई मतदान गर्न अनुरोध गरेको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली कांग्रेस पार्टीको ‘ह्वीप’ पालना गर्न निर्देशन गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...