Sunday, February 4, 2018

लण्डनबाट मोरङ्गका पूर्व फुटबल खेलाडि धिमाललाई आर्थिक सहयोग

रोशन मेवाहाङ्ग-
लण्डन । वैदेशिक रोजगारका सिलसिलामा बहरानमा रहेका मोरङ्ग केरौन १ का किशोर धिमाल अचनाक हृदयघातका कारण निधन भएका हुन ।
 
धिमालको परिवारलाई बेलायतमा रहेका केरौन बयरवन परिवारले नेपाली रुपयाँ ७५ हजार आर्थिक सहयोग गरेका छन् ।
धिमालले श्री जन सेवा माध्यमिक विद्यालय मोरङ्गबाट प्रवेशिका उत्रिण गरेका हुन् । परिक्षाको सकरात्मक नतिजा लगतै बैवाहिक जिवनमा बाधिएका थिए ।
 
उनि केहि बर्ष पछि बैदेशिक रोजगारका लागि बहरान गएका हुन । अचनाक हृदयघातका कारण विछिप्त परेका किशोरको परिवारलाई केरौन बयरवन संस्थाबाट ७५ हजार आर्थिक सहयोग गरेको ईन्द्र सुब्बाले बताए ।

मृतक धिमालको शव दाह संस्कारकालागि नेपाल पु¥याईसकेको रामजी निरौलाले जानकारी दिएका छन् । उनको तिन छोरीहरु र श्रीमती केरौन १ जहदामा बसोबास छन्।

उक्त रकम संकलन गर्न संस्थाका ईन्द्र सुब्बा साथै अन्य सदस्यहरुले साथ दिएका थिए । बहरानस्थित कार्यरत  निरौलाका अनुसार मृतक धिमालका परिवारलाई आर्थिक सहयोग संकलन गर्दै गरेको बताए । लामो समय देखि बहरानमा कार्यरत मृतक धिमाल नयाँ क्षितिज फुटबल क्लब मोरङ्ग जहदाका पूर्व खेलाडि हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...