Tuesday, February 20, 2018

१० बर्षे बालकको सहयोगार्थ “ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने

विजय थापा ,वाशिंगटन डिसी

अमेरिकाको भ्रमणमा रहेका नायिका तथा निर्देशक झरना थापा तथा निर्माता सुनिल कुमार थापा को “ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको छ l भरतपुरमा रक्त क्यान्सरको उपचार गराई रहेका १० बर्षे बालकको सहयोगार्थ “ऐ मेरो हजुर–२ ” डिसीमा प्रदर्शन हुने भएको हो l

चलचित्र मार्च ४ ,२ बजे अमेरिकाको भर्जिनिया राज्यको फल्स चर्च शहर स्थित लोमन प्लाजा चलचित्र मन्दिरमा प्रदर्शन हुने छ l

गत फेब्रुअरी ११ तारिख आइतबार एक समुदाय तथा पत्रकार भेटघाट कार्यक्रम राखी नायिका तथा निर्देशक झरना थापाले आफूले पहिलो पटक निर्माण गरेको चलचित्र हेर्न आई दिन सबैमा आग्रह गर्दै प्रेममा आधारित तथा मसलेदार चलचित्र रहेको भन्दै हौशला दिन समेत अनुरोध गरेकी छिन् l

निर्माता सुनिल थापा ले २० बर्ष यस क्षेत्रमा छु र आफ्नो छैठौ चलचित्र भएको बताउदै चलचित्र को छायांकन सबै भन्दा अग्लो ठाउँमा गएर बनाईएको बताए l चलचित्र को मुख्य ध्येय पर्यटन प्रबर्धन तथा विकासको लागि गरिएको बताए l

सुनिल थापाले मेहनत गरेर बनाएका छौ र आई दिन हुन् समेत सबैमा आग्रह गरेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...