Sunday, February 25, 2018

काठमाडौं, १३ फागुन : स्पेनिस ला लिगा लिडर बार्सिलोनाले शनिबार गोल वर्षा गरेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ६-१ को गोल अन्तरमा जित हात पारेको हो। बार्सिलोनालाई जिताउन लुइस स्वारेजले ह्याट्रिक गरे। यस्तै लियोनल मेसीले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे। जिरोनाका लागि पोर्चुगुएज मानजानेराले एक गोल गरे। खेलको तेस्रो निमेटमै मानजानेराले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमै चार गोल गरेको बार्साका लागि पाँचौँ मिनेटमा स्वारेजले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याए। मेस्सीले ३० र ३६ औँ मिनेटमा गरी दुई गोल गरे। स्वारेजले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ४-१ को अग्रता लियो। दोस्रो हाफमा दुई गोल थपेको उसका लागि ६६ औँ मिनेमा कोन्टिन्होले गोल गर्दै अग्रता ५-१ मा पुर्‍याए। ७६ औँ मिनेटमा स्वारेजले ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ६-१ ले विजयी भयो । जिरोनामाथिको प्रभावशाली जितपछि शीर्ष स्थानको बार्सिलोनाको २५ खेलबाट ६५ अंक भएको छ। ऊ तेस्रो स्थानको रियल मड्रिडभन्दा १४ अंकले अघि छ ।एजेन्सी

काठमाडौं, १३ फागुन  : स्पेनिस ला लिगा लिडर बार्सिलोनाले शनिबार गोल वर्षा गरेको छ। लिग अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले जिरोनामाथि ६-१ को गोल अन्तरमा जित हात पारेको हो।

बार्सिलोनालाई जिताउन लुइस स्वारेजले ह्याट्रिक गरे। यस्तै लियोनल मेसीले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे। जिरोनाका लागि पोर्चुगुएज मानजानेराले एक गोल गरे।

खेलको तेस्रो निमेटमै मानजानेराले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए। पहिलो हाफमै चार गोल गरेको बार्साका लागि पाँचौँ मिनेटमा स्वारेजले व्यक्तिगत पहिलो गोल गर्दै टिमलाई बराबरीमा ल्याए। मेस्सीले ३० र ३६ औँ मिनेटमा गरी दुई गोल गरे।

स्वारेजले ४४ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ४-१ को अग्रता लियो।

दोस्रो हाफमा दुई गोल थपेको उसका लागि ६६ औँ मिनेमा कोन्टिन्होले गोल गर्दै अग्रता ५-१ मा पुर्‍याए। ७६ औँ मिनेटमा स्वारेजले ह्याट्रिक पूरा गरेपछि बार्सिलोना ६-१ ले विजयी भयो ।

जिरोनामाथिको प्रभावशाली जितपछि शीर्ष स्थानको बार्सिलोनाको २५ खेलबाट ६५ अंक भएको छ। ऊ तेस्रो स्थानको रियल मड्रिडभन्दा १४ अंकले अघि छ ।एजेन्सी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...