Monday, February 12, 2018

सरकार गठन र पार्टी एकता संँगसँगै ः उपाध्यक्ष रावल

काठमाडौँ, २९ माघ: नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताउनुभयो ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टीभित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताउनुभयो ।

“वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ”, उहाँले भन्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...