Saturday, February 10, 2018

प्रदेश–३ को सभामुखमा एमालेका सानुकुमार श्रेष्ठ निर्विरोध निर्वाचित

हेटौंडा, माघ २७ । प्रदेश नम्बर–३ को प्रदेश सभामुखमा नेकपा एमालेका सानुकुमार श्रेष्ठ शनिबार निर्विरोध चयन भएका छन् ।

निर्वाचन प्रक्रियामा श्रेष्ठकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

मनोनयनका लागि दिइएको समयभित्र उनकोमात्र उम्मेदवारी परेको ३ नम्बर प्रदेशसभा सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

श्रेष्ठको प्रस्तावक नेकपा माओवादी केन्द्रका सालिकराम जमरकट्टेल र समर्थक नेकपा एमालेका रामेश्वर फुँयाल रहेका थिए ।

निर्विरोध निर्वाचित सभामुख श्रेष्ठ काठमाडौं महानगरपालिका–३२ कोटेश्वर निवासी हुन् । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...