Wednesday, February 14, 2018

पहिलो पटक स्याङजामा भेटिए दोहोरिमा प्रिती आलेलाई चुनौती दिने गाएक(भिडियो सहित)

माघ २६ बाट सुरु भएको प्रदेश नं ४ स्तरिय औद्योगिक पर्यटन, कृषि तथा व्यापार मेला एवं पाँचौ स्याङजा महोत्सवमा दर्शकहरुको उल्लेख्य सहभागीता जनाएका छन ।

स्याङजा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सव पुतलीवजार नगरपालिका वडा नं १ को श्रवणकुमार खेलकुद मैदानमा जारी रहेको छ । महोत्सव भरि ज्योती मगर, प्रदिप त्रिपाठी, कमला गैरे, तारापती सुबेदी, सुरेश राना, लोकनाथ सापकोटा, पोखरेली माग्ने बुढा लगाएत प्रतिष्ठान स्याङ्जाका कलाकारहरुको प्रस्तुती रहको थियो भने भोली कृष्ण काफ्ले, भिमु गुरुङ, रमेशराज थापा, सविना गुरुङ, राजन कार्की, नीर आले, लोकनाथ सापकोटा लगाएत प्रतिष्ठान स्याङ्जाका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

स्याङजाको पर्यटकिय क्षेत्रको रुपमा संवद्धन, प्रवद्धन सँगै औघोगिक उत्पादन एवं लोक संस्कृतिको जर्गेना गर्ने उद्धेश्यले महोत्सवको आयोजना गरिएको हो । यसैक्रममा महोत्सबको तेस्रो दिन प्रिती आलेको प्रस्तुति रहेको थियो.उनले आफ्ना केही चर्चित गित सहित लोक दोहोरि गाएक कृष्ण रेउलेसंग रमाइलो दोहोरी गित पनि गाएकी थिइन् हेर्नुहोस यो रमाइलो दोहोरी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...