Saturday, February 3, 2018

सात समुन्द्र छिचोलेको जिन्दगी

अतितले पनि तर्साउछ भूल्न सकिन,
उकालीको चौतारीमा सुशाएको जिन्दगी।
डॉडाको भन्ज्यॉगले समेत खोज्न थालेछ,
पाति चढाई ओझेल भएको मेरो जिन्दगी।

पारी टारको पहेलो तोरीवारी भूल्न सकिन
लहलह झुलेका अन्नबाली देखेको जिन्दगी।
घरकी वुढी साईली गाईले खोज्न थालिछे,
हिमालको काखमा हुर्केको मेरो जिन्दगी।

बर पिपल निस्ताए होलान भूल्न सकिन
पधेंराको पानी कलकल पिएको जिन्दगी।
दलिनका गौंथलीले समेत खोज्न थालेछन,
कठै,सात समुन्द्र छिचोलेको मेरो जिन्दगी!!

कवि सुनिल मणि दाहाल

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...