Friday, February 23, 2018

कवि जोन किट्सको निवासमा ‘भाया साक्रा’

लन्डन, २२ फरवरी

रोमान्टिक धारका प्रसिद्ध कवि जोन किट्सको निवास लन्डनमा बेलायत निवासी साहित्यकार कृष्ण बजगाईंको नियात्रासङ्ग्रह ‘भाया साक्रा’ लेखक आफैंले सार्वजनिक गरे । सन् १७९५ मा जन्मेका कवि किट्सको निवासलाई ‘सिटी अफ लन्डन’ले म्युजियमको रुपमा संचालनमा ल्याएको छ ।

उक्त ‘भाया साक्रा’ नियात्रासङ्ग्रहमा इटाली, बेल्जियम र बेलायतका २१ वटा यात्रानुभूतिहरु समावेश छन् । बजगाईंको नियात्राङ्ग्रहमा ज्ञानविज्ञान, इतिहास, कला, साहित्य, दर्शन आदिको समिश्रण रहेको छ ।

आख्यान, कविता र निबन्धमा कलम चलाउने बजगाईं लामो समयदेखि प्रवासमा रहेर लेखन, सम्पादन र प्रकाशन कार्यमा सक्रिय रहेर नेपाली भाषा साहित्यको उन्नयनमा निरन्तर क्रियाशील छन् । सांग्रिला बुक्सले प्रकाशन गरेको ‘भाया साक्रा’ बजगाईंको आठौं साहित्यिक कृति तथा दोस्रो नियात्रासङग्रह हो । यसअघि उनका युरेशियाको स्पर्श (नियात्रासङ्ग्रह), कमरेड भाउजू(कथासङ्ग्रह ), स्रष्टा र डिजिटल वार्ता(अन्तर्वातासङ्ग्रह), यन्त्रवत्, रोडम्याप र कवच(लघुकथासङ्ग्रह), हिउँको तन्ना (हाइकुसङ्ग्रह) कृतिहरु प्रकाशित भइसकेका छन् ।

सुप्रमा साहित्य पुरस्कार(बेलायत), डायस्पोरा नृपध्वज पुरस्कार(अमेरिका), नारायणजयन्ता लिटरेरी वेब जर्नालिज्म अवार्ड(अमेरिका), देवकोटा शताब्दी सम्मान(नेपाल), सत्यमोहन जोशी शताब्दी पदक(नेपाल), भानुभक्त द्विशताब्दी स्वर्ण पदक(नेपाल) आदि पुरस्कार तथा सम्मानहरुद्वारा बजगाईं सम्मानित भएका छन् । उनले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्यिक संघसंस्थाको नेतृत्व गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...