Wednesday, February 14, 2018

सन्दर्भ प्रेम दिवस : अमेरिकाको बोस्टन सबै भन्दा रोमान्टिक (रोमान्चकारी )शहर ,डिसी सातौ स्थानमा

अमेरिकाको एक किराना पसल ले अमेरिका भर गरेको एक सर्वेक्षण अनुसार अमेरिकाको बोस्टन सबै भन्दा रोमान्टिक (रोमान्चकारी )शहर ,डिसी सातौ स्थानमा परेको छ l उसले बिभिन्न प्रकारका सामग्रीहरुलाई सवै भन्दा कुन चिज लाई मन पराउद्छन भनि गरेको विश्लेषणमा प्रथममा चकलेट (मिठाई)लाई प्रथम स्थान दिएका छन् भने दोश्रो स्थानमा भुई ऐसेलू परेको छ l

ईन्स्टाकार्ड रोमान्स इन्डेक्स ले सर्व व्यापी रुपमा रोमान्चकारी शब्दहरु मिठाई ,स्याम्पेन ,डेजर्ट ,फूल ,मुटु गुलाफ आदी गरि १२ वटा लाई छनौट गर्दा मिठाई र भुई ऐसेलु प्रथम र दोश्रो स्थानमा परेका हुन् l

यसै गरि ईन्स्टाकार्ड रोमान्स इन्डेक्स ले गरेको सर्वेक्षण अनुसार बोस्टन सबै भन्दा ज्यादा रोमान्टिक शहर बन्न पुगेको जनाएको छ l गत बर्ष पनि बोस्टन सवै भन्दा ज्यादा रोमान्चकारी बन्न सफल भएको हो l लगातार बोस्टन शिर्ष स्थानमा रहेको जनाएको छ l

यसै गरि एटलान्टा दोश्रो ,अस्टिन तेश्रो ,फिला डेलफिया चौथो ,चार्लोट्स पाचौ ,ओक ल्याण्ड छैठौ ,वाशिंगटन डिसी सातौ तथा सिकागो आठौ स्थानमा परेको छ l

एटलान्टा गत बर्ष सवै भन्दा तल्लो कम रोमान्चकारी चौथो शहरमा परेको थियो भने यस पटक दोश्रो स्थान प्राप्त गरेको छ l यस बर्ष सबै भन्दा कम रोमान्चकारी शहरहरुमा क्रमस ओरल्यानडो ,इन्डियापोलिस तथा रेली परेको समाचार डब्लुटिओपीले लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...