Friday, February 16, 2018

दुई दिनभित्र मन्त्रिमन्डल विस्तार, माओवादी पनि सरकारमा आउँछ : मन्त्री पण्डित

काठमाडौं, फागुन ४ । नवनियुक्त जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले अबको दुई दिनभित्र माअ‍ोवादी केन्द्र पनि सरकारमा सहभागी हुने दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा उनले दुई दिनभित्र मन्त्रिमन्डल विस्तार हुने र माओवादी सरकारमा सहभागी हुने दाबी गरे ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया नपुर्‍याइ गरेका सबै निर्णयहरु खारेज गरिने उनको भनाइ थियो ।

वातावरणलाई सन्तुलित, सुन्दर र स्वच्छ बनाउन आफू दत्तचित्त भएर काम गर्ने भन्दै उनले केही दिनभित्रै आफ्नो मन्त्रालयअन्तर्गत्का कार्यक्रम सार्वजनिक गर्ने बताए ।

उनले एमाले र माओवादी केन्द्रबीचको एकता प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै एकताको घोषणा चाँडै हुने जिकिर पनि गरे ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...