Tuesday, February 27, 2018

गायिका मुना थापा मगर र प्रकाश नेपाली को स्वरमा “बाग्लुङ बजार ” भिडियो सहित

रोशन पोखरेल , काठमान्डौँ फागुन १५
नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल लोक दोहोरी ” बागलुङ बजार “नामक गितमा चर्चित गायिका मुना थापा मगर र प्रकाश नेपाली को स्वरमा रहेको छ । खाडि मुलुकमा रहेर पनि गित संगीतलाई निरन्तर अगाडी बढी रहेका कुशल सर्जक शंकर शर्माको लय शब्दमा रहेको सो गितको निर्देशन बबिता श्रेष्ठले गरेकी छन । गाउँ समाजले देख्लान भन्नेर बाग्लुङ बजार भनेर आफनी प्रेमीकालाई झुट बोलेको कुरा गितमा गायकले खोलेका छन । मायामा भावना र मनका भित्रि कुराहरु साटासाट हुने गर्दछ त्यही भावहरुलाई सम्वोधन गदै गितको भिडियो तयार पारिएको छ । सागर गौत्तमको छायाँकन तथा अविनास डिसीको सम्पादन रहेको छ । अहिलेका निकै ब्यस्त मोडल बुद्धविर थापा र सन्चिता शाहिको अभिनय भिडियोमा  देख्न सकिन्छ। वन वे फिल्मको प्रस्तुती रहेको गितलाई म्युजिक नेपालले बजारमा ल्याएको हो  ।
गितको भिडियो हेर्नुहोस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...