Tuesday, February 20, 2018

हलिवुडमा यौन दुर्व्यवहार कति सामान्य ? सर्वेक्षणमा परेका ९४ प्रतिसतले यौन उत्पीडन झेलेको खुलासा

अमेरिकाको क्यालिफोर्निया स्थित हलिवुड संग सम्बन्धित तथा यसमा कुनै प्रकारका अभिनय गर्ने कलाकार संग गरिएको एक सर्वेक्षणमा सर्वेक्षण गरिएको संख्या मध्ये ९४ प्रतिसतले कुनै न कुनै प्रकारको यौन उत्पीडनमा परेको खुलासा गरेका छन् l

अमेरिकाको भर्जिनिया को मक्लिन मा प्रधान कार्यालय रहेको ३५ बर्ष पुरानो छापा तथा बिधुतिय पत्रिका युएसए टुडे ले गरेको ८ सय ४३ जना संग गरेको बिशेष सर्वेक्षणमा यस्तो नतिजा निकालेको छ l

उक्त पत्रिकाले हलिवुड मा आफ्नो पेशागत अवधिमा रहदा कुनै न कुनै प्रकारको यौन उत्पीडनमा परेको लेखेको छ l प्रत्येक एक सय जना मध्येमा गरिएको सवालमा उनीहरुले त्यस्तो जवाफ दिएका थिए भनि पत्रिकामा लेखेको छ l

केही महिना देखि हलीवुडमा यहि यौन उत्पीडन सम्बन्धि आरोपमा लगाइएका मोगुल हार्भे लगायतहरुले दशकौ सम्म महिलाहरुलाई गरेको उत्पीडन गरेको बिषयलाई उठान गर्दै मनोरंजन को दुनियामा काम गरेका महिला माथि गरिएको सर्वेक्षणमा ८ सय ४३ महिला मध्ये ९४ प्रतिसतले यौन धावा/ यौन उत्पीडनमा परेको सर्वेक्षण प्रकाशित गरेको छ

पुरुषहरुले अनावश्यक यौन टिप्पणी तथा जबर्जस्ति छुने ,खुशी गराउने ,आफूलाई प्रदर्शन गर्ने ,जबर्जस्ति महिला संग समागम या अन्य गलत गर्ने तथा अभिनय परीक्षण या मनोरंजनको दुनियामा होमिएका महिला संग निर्वस्त्र गर्ने आचरण गर्ने गरेको उल्लेख गरेको छ

उक्त सर्वेक्षण क्रिएटिभ कोलिसन ,वुमेन इन फिल्म एण्ड टेलिभिजन तथा नेसनल सेक्सुएल भायोलेन्स रिसोर्स केन्द्रको साझेदारीमा युएस टुडे ले उक्त सर्वेक्षण गरेको उल्लेख गरेको छ ।

निर्माता,नायक ,नायिका लेखक ,निर्दशक ,सम्पादक तथा अन्य समेत ले यौन दुर्व्यहारको शिकार परेको जनाएका छन् भनि युएस टुडे लेख्दछ l सवै भन्दा खराव चाही २१ प्रतिसतले कुनै प्रकार को यौन क्रियाकलाप गर्न बाध्य बनाईएको उक्त पत्रिकाले लेखेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...