Sunday, February 25, 2018

दृस्टी बिहिनहरुको एक-एकपल समेटिएको छ यो फिल्ममा -हेर्नुस् भिडियो

१६ वर्षको कलिलो उमेरमा डाक्टरको लापरबाहीले आफनो आँखाको ज्योति गुमाएकी सृष्टी केसीको जीवनीमा आधारित चलचित्र ‘‘बलाईन्ड रक्स ” यहि फाल्गुण १८ गते शुक्रबारबाट देशभर प्रदर्शन हुदैछ ।
 
पोखरामा आईतबार सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै निर्देशक मीलन चाम्सले आफुले पहिलो पटक रिक्स लिईदै बायोपिक फिल्ममा हात हालेको र सधै जसो निर्माण गर्ने चलचित्र भन्दा फरक अनुभुति संघालेको प्रष्ट पारे । दृष्टिबिहिन सृष्टि केसीको भुमिका निर्वाह गरेकी चलचित्रकी नायिका बेनिशा हमालले पोखराबाटै चलचित्रको स्कृप्टिङ सुरुवात भएको जानकारी गराउदै आफनो लाईफमै च्यालेन्जिङ क्यारेक्टरमा काम गरि उतm भुमिका निर्वाह गर्न आफुले धेरै मेहेनत गर्नु परेको बताईन ।
 
चाम्स ईन्टरमेन्ट र एन फिल्म्सको संयुक्त प्रस्तुति करिब ९० लाखको लगानीमा निर्माण भएको चलचित्र “बलाईन्ड रक्स ” मा बेनिशा हमाल सहित अर्पण थापा , गौरी मल्ल ,अनिल केशरी , बसन्त भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रका निर्माता निकेश लिम्बु हुन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...