Tuesday, February 6, 2018

आर्थिक समृद्धिको मुद्दा सडकबाट उठाउँछौँ : उपप्रधानमन्त्री थापा

दोलखा, २३ माघ : नेपाल सरकारका उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले जनताको आर्थिक समृद्धिको मुद्दा अब सडकबाट उठ्ने बताउनुभएको छ ।

स्थानीय तह, प्रतिनिधिसभा र प्रदेश सभाका निर्वाचनमा जनताले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सडकमा पु¥याएकाले अबका दिनमा सडकबाटै जनताका एजेण्डा स्थापित गराउने थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “चुनाव नजिकिँदै गर्दा पार्टीमा आएको फुट, देशी–विदेशी शक्तिको चलखेल, नेपाली काँग्रेससँग मिलेर चुनावमा जानु र आप्mना उम्मेदवार कम स्थानमा उठाएका कारण चुनावमा नराम्रो पराजय बेहोर्नु परेको हो ।”

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षणका लागि दोलखाको सदरमुकाम चरिकोट आउनुभएका ऊर्जामन्त्री थापाले वर्तमान सरकारको आयु फागुनको दोस्रो सातासम्म रहेको बताउनुभयो । थापाले भन्नुभयोे, “देश समृद्धिको कडी जलविद्युत् क्षेत्र रहेकाले माथिल्लो तामाकोशीको निरीक्षण गर्न आएको हुँ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले भ्रष्टाचार र बेथितिविरुद्ध सडकबाटै खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...