Wednesday, February 14, 2018

एनसेल टावरमा भेटिएको बम डिस्पोज गरियो

भक्तपुर, २ फागुन : भक्तपुरको सल्लाघारीस्थित एउटा ग्रामेन्ट उद्योगको छतमा रहेको एनसेल टावरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्फोजल टोलीले डिस्पोज गरिएको छ ।

एनसेल टावर रहेको ठाउँमा शंकास्पद वस्तु भेटिएपछि आएको नेपाली सेनाको बम डिस्फोजल टोलीले दुई घण्टाको प्रयासपछि बम डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।

टावरमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि प्रहरीले नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाएको थियो । बोराभित्र राखेको अवस्थामा सेनाको टोलीले प्रेसरकुकर बम भेटेको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले अज्ञात समूहले सर्वसाधारणलाई आतंकित पार्ने गरी प्रेसर कुकरमा केही विस्फोटक पदार्थ राखेको भन्ने खबर प्राप्त भएपछि सेनाको टोलीलाई खबर गरेको जानकारी दिनुभयो ।

सेनाको टोलीले बम निष्क्रिय पारेको जानकारी दिँदै उहाँले घटनाबारे अनुसन्धान शुरु गरेको बताउनुभयो । बम भेटिएपछि अरनिको राजमार्ग भएर गुड्ने यातायाताका साधनलाई समेत दुई घण्टा गुड्न रोक लगाएको थियो । सवारीसाधनलाई राधेराधेबाट निकोसेरा हँदै पठाउँदा राधेराधेबाट सल्लाघारीसम्मको सडक बन्द भएको थियो ।

दुई सुरक्षा गार्ड रहेको सो भवनको छतमा कसरी बम राखियो भन्ने विषयमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी मंगलबार राति चाँगुनारायण नगरपालिका सुडालमा रहेको एनसेलको टावरमा पनि विस्फोट गराएको थियो । अज्ञात समूहले राति करिब १० बजे गराएको विस्फोटबाट ऐनसेल टावरको ब्याट्रीलगायतका केही सामग्रीमा क्षति पुगेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts