Thursday, February 22, 2018

राष्ट्रपतिको निर्वाचन फागुन २९ मा

काठमाडौँ, १० फागुन: राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज निर्वाचन आयोगमा बसेको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४, उपदफा (२) को व्यवस्थाबमोजिम सो मिति तोकेको आयोगका प्रवक्ता नवराज ढकालले बैठकपछि प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो ।

सो दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदान हुने समय तय गरिएको छ । आयोगले राष्ट्रपतिको निर्वाचनको मिति तय गर्नुअघि प्रधानमन्त्री तथा राजनीतिक दलका प्रतिनिधिसँग परामर्श गरेको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...