Saturday, February 17, 2018

ज्योति मगरसंग छाडा दोहोरी, अरुकोले तिमीलाई हुदैन साढ़े लगाईदिन्छु(भिडियो सहित)

पोखरा- तनहुँको शुक्लागण्डकी–११ मा माघ २६ गतेबाट सुरु भएको प्रथम थामडाडा साँखे महोत्सब सम्पन्न भएको छ । आर्थिक सामाजिक खेलकुदको बिकास, कृषि, पर्यटन,कला, सिप र सस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ भएको प्रथम थामडाडा साँखे सास्कृतिक तथा ब्यापारिक महोत्सबमा महाशिबरात्रीको दिनमा अतिथि कलाकार थिइन चर्चित गायिका ज्योति मगर. स्थानिय कला , संस्कृती तथा कृषि लाई प्रबद्द्न गर्दै आर्थिक उपार्जन गर्न मदत गर्ने उदेश्यले महोत्सबको आयोजना गरीएको थियो.

महाशिबरात्रीको दिन यसैपनि युवा युवती शिबजीको प्रसाद भन्दै नशामा झुमेका थिए महोत्सबमा रमाइलोको लागी ओइरिएका थिए.यता महोत्सबस्थल नजिकै रहेको मन्दिरमा दुध चडाउन पुगेका गाउका आमा बुबाहरु पनि कस्ती रहेछी ज्योति मगर भन्दै साझसम्म कुरेर बसेका थिए.ज्योति मगर स्टेज चढेसंगै उनको प्रस्तुतिमा रमाइलो गरिरहेका दर्शक उनको प्रस्तुति सकीएसंगै घरतिरको बाटो तताउन लागेका दर्शक ज्योति मगरसंग दोहोरी सुरु भएसंगै केहिबेर रोकीए.अनि सुरु भयो ज्योति मगर र लोक दोहोरी गायक शंखर पन्तको दोहोरी घम्साघम्सी.

दोहोरीमा प्रयोग भएका शब्द सुन्न सक्नेनै थिएनन.बोका हो,बहर खोजेको गाई हु,घरकीलाई गर्दा गर्दा थाकेको,साढेकोले बल्ल पुग्छ.यता भिडमा रहेका वृद् दर्शक कराउदै थिए.यो जाबीले भन्न पर्छ हामीलाई सबै थाहा छ छोरी बुहारी नातिनीसंगै छन् हामीले त सस्कार सिकाउने हो के सेक्सी,के को सेक्स,यसले भन्नु पर्छ हिड घर यस्तो हेरेर के हुन्छ भन्दै आफ्नो परिवारलाई जम्मा गरेर बाटो लागेका थिए. हेर्नुहोस यस्तो थियो उनिहरुको दोहोरी

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...