Saturday, February 10, 2018

सिँचाइ मन्त्रालयका सचिवको शव फेला

धादिङ, २७ माघ : नेपाल सरकारका सिँचाइ सचिव रामानन्द यादव चढेको बा २ झ ३१४० नं को जीप बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटबाट आज बिहान त्रिशूली नदीमा परेर हराएकामा सचिव यादवलाई मृतावस्थामा फेला पारिएको छ ।
सशस्त्र प्रहरी गोताखोरको टोलीले उहाँको शव पानीबाट बाहिर निकालेको हो । बेपत्ता भएका उहाँका छोरा र एक किशोरी भने अझै भेट्टिएका छैनन् । जीपलाई डोरीले बाँधेर अड्काइएको प्रजिअ श्याम भण्डारीले जानकारी दिनुभयो ।

नारायणघाटबाट काठमाडौँतर्फ आउँदै गरेको जीपमा मन्त्रालयका सचिव यादव, उहाँका छोरा सञ्जय र एक किशोरी सवार थिए । चालक निराजन यादव भने घाइते भएका छन् । बेपत्ताको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमिल्सेनाले जानकारी दिनुभयो । घाइते चालकलाई उद्धार गरी उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...