Friday, February 9, 2018

अबको सरकारको नेतृत्व वाम गठबन्धनले गर्नुपर्छ : नेता केसी

चितवन, २६ माघ: नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नु पर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको जन अभिमत वाम गठबन्धनलाई भएकाले वाम गठबन्धनकै सरकार बन्छ ।”

अर्को एक प्रसंगमा उहाँले काँग्रेसको नेतृत्वमा प्रशस्त कमजोरी रहेको बताउनुभयो । नेता केसीले नीतिगत रुपमा धेरै सुधार गर्नु पर्ने, नेतृत्वमा कमजोरी रहेको र संरचनामा अपारदर्शी भएकाले पार्टी कमजोर बनेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हाम्रा नीति निर्णयका कुरा पार्टीभित्र यति ठूलो विभाजन र गुटबन्दी छ, त्यो गुटभित्र पनि गुटले सञ्चालन नगरेर पार्टी एउटा गिरोहले सञ्चालन गरेको छ ।”

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...