Sunday, February 25, 2018

एनपीपीएले सफलता पूर्वक मेरिल्याण्डमा सञ्जाल कार्यक्रम गर्यो

विजय थापा , अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ बर्ष अगाडि स्थापना भएको नेपा पास पुचः अमेरिकायले गत फेब्रुअरी २४ तारिख बिद्यार्थीहरुका लागि नेटवर्क (संजाल ) कार्यक्रम को आयोजना सफलता पुर्वक सम्पन्न गरेको छ ।

यस कार्यक्रमको उद्देश्य सामुदायिक युवाहरूलाई संभावित सम्भावकहरू संग जोड्ने रहेको बताईएको छ । यो कार्यक्रमको कल्पना भनेको यस नेटवर्किंग(सञ्जाल) अवसर युवाहरुको लागि पुरस्कृत पेशेवर विकासको वृद्धि गर्न गरिएको आयोजकले जनाएका छन् ।

उक्त कार्यक्रममा ७० जना भन्दा ज्यादा विभिन्न पृष्ठभूमिका मानिसहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बिद्यालयका बिद्यार्थी ,कलेज/महा बिद्यालयका बिद्यार्थीहरु जो अध्ययन समाप्त गरे पछि नया जागिर ,नया पेशा ,परामर्श ,सल्लाह तथा नया अवसरका खोजीमा रहेका अधिकांस को सहभागिता रहेको थियो ।

कार्यक्रमको आयोजना नेपा पास पुचः अमेरिकाय को युवा समूहले आयोजना गरेको थियो भने उक्त कार्यक्रममा ५ जना वक्ताहरु रहेका थिए । जस्मा नासाका बैज्ञानिक लोक लम्साल , एनआइएच का पोष्ट डकटोरल फेलो (विधा वारिधि ) रोशन लाल श्रेष्ठ ,वरिष्ट सूचना प्रविधि बिशेसज्ञ प्रभाश श्रेष्ठ ,नागरिक अभियन्ता (सिभिल इन्जीनियर) बिप्लेश निरौला तथा युवा सूचना व्यावसायिक अनुघ श्रेष्ठ रहेका थिए ।

उक्त संजाल कार्यक्रममा वक्ताहरुले सारगर्भित तथा महत्वपूर्ण कुराहरु राखेका थिए भने कार्यक्रम संचालन एनपीपीए का महा सचिव कृतिश्मा श्रेष्ठले गरेकी थिइन् । एनपीपीए का अध्यक्ष राजु जोशीले कार्यक्रम आयोजना गर्नु को उद्धेश्यको बारेमा प्रकाश पारेका थिए ।

.

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...