Wednesday, February 28, 2018

अब के गर्दैछन् मन्त्री पण्डित ?

भक्तपुर, फागुन १५ । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताएका छन् ।रफत सन्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री पण्डितले नकुहिने गरी खाद्यान्नलगायत अन्य डिब्बाबन्द सामान र नकुहिने प्लास्टिक कम्पनीलाई उत्पादनमा प्रतिबन्ध लगाइने बताए ।

उनकाअनुसार आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी–साधनलाई प्रतिबन्ध लगाइनेछ ।

‘हरियो स्टिकर भएर पनि प्रदूषणयुक्त कालो धुवाँ फाल्ने सवारी–साधनलाई परीक्षण गरी कारबाही गरिनेछ र त्यस्ता सवारी–साधनका कर्मचारीको नामसमेत उल्लेख गरी सवारीधनी र कर्मचारीलाईसमेत कारबाही गरिनेछ’–उनले भने ।

वातावरणको ख्याल नगरी कानुन मिच्दै सन्चालनमा आएका इँटाभट्टालाई वातावरणमैत्री बनाइने र गलत ढंगले सन्चालनमा आएका भट्टालाई कारबाहीको दायरामा ल्याइने उनको भनाइ थियो ।

नेपाल सरकारले तोकेको मापदन्डभन्दा बाहिर गएर आयात गरिएका सामानमासमेत प्रतिबन्ध लगाउने तयारी भइरहेको बताउँदै उनले ‘आयात हुने सामानको प्रयोगशाला परीक्षण गरी तोकिएको मापदन्डअनुरुपमात्र नेपाल भित्रिने व्यवस्था गरिनेछ’–भने ।

एक स्थानमा उद्योग दर्ता गर्दै अर्को स्थानमा उद्योग सन्चालन गरी वातावरण बिगार्नेलाई कारबाहीको दायरामा ल्याइने पनि मन्त्री पण्डितले बताए । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...