Tuesday, February 6, 2018

फिर्ता गर मुटु मेरो

गायक प्रमोद खरेलको स्वरमा रहेको पछिल्लो गीत फिर्ता मुटु मेरो सार्वजनिक भएको छ । कार्यक्रम प्रस्तोताका रुपमा परिचित अर्जुन राजको शब्द रचना रहेको फिर्ता गर मुटु मेरो… लाई सन्तोष श्रेष्ठले संगीत भरेका छन् । यस गीतको म्यूजिक भिडियोलाई सवनम मुखियाले निर्देशन गरेकी छन् । पछिल्लो समय मुखियाले म्यूजिक भिडियो निर्देशनमा व्यस्त रहँदै आएकी छिन् । नेपालको पहिलो महिला छायाँकार समेत रहेकी मुखियाले चलचित्र निर्देशनसमेत गरेकी छन् ।
यस म्यूजिक भिडियोलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् भने तारा थापा किम्भेले सम्पादन गरेका छन् । श्याम कुँवरले कलर गरेको यस म्यूजिक भिडियोलाई ड्रिम वल्र्ड अफ फिल्म मेकर्सले पोष्ट प्रोडक्सन गरेको हो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...