Saturday, February 17, 2018

बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’ टेक्सस ड्यालसमा लगातार दुई हप्ता प्रदर्शन हुने

विजय थापा ,नायक अनमोल केसी अभिनित बर्षकै बहुप्रतिक्षित चलचित्र ‘कृ’ अमेरिकाको टेक्सस राज्यको ड्यालसमा लगातार दुई हप्ता प्रदर्शन हुने भएको छ । अमेरिकाको नेपाली चलचित्र को ईतिहास मै सम्भवत यसरी नेपाली चलचित्र लगातार दुई हप्ता सम्म लगातार प्रदर्शन हुन् लागेको पहिलो पटक हो l

आगामी फेब्रुअरी २३ तारिख बाट लगातार दुई हप्ता सम्म कृ प्रदर्शन हुने भएको छ । १४ दिनमा २१ पटक प्रदर्शन गर्ने समेत समन्यवय गर्ने टेक्सस ड्यालसका प्याट्रिक सुबेदी तथा जिज्ञाशा अर्यालले ईनेप्लिजलाई बताए।

आयोजक नेपाल११ इनटरटेन्टमेन्ट ले गर्ने छ भने चलचित्र ड्यालसको अरभिङ्गको रिचार्डसनमा हुने भएको छ । यसको टिकट दर तथा समय छिटै जानकारी दिइने आयोजकले बताएका छन् ।

चलचित्रको प्रथम आकृतिमा नायक अनमोल केसी लामो कपाल पालेर मुठभेड (एक्सन )अवतारमा देखिएका छन् । अनमोलले यो चलचित्रका लागि शरीर बनाउन निकै मिहिनेत गरेका थिए । अनमोलको यस्तो अवतार यस अगाडिको चलचित्रमा देखिएको थिएन । नेपाली चलचित्रमा प्रेमी केटाको रुपमा परिचित अनमोल यो चलचित्रबाट भने युद्ध नायकको रुपमा उदाएका छन् ।

सुवास इन्टरटेन्मेन्टको निर्माणमा द सुपर काजोल फिल्मस्को प्रस्तुतीमा यो चलचित्र तयार भएको हो । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, रुपा राना, लक्ष्मी गिरी, अमित गिरी, सुदाम लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा कथा, सम्पादन र निर्देशन सुरेन्द्र पौडेलको छ । चलचित्रमा चन्द्र पन्तको एक्सन, अल्मोडा राना उप्रेती र विशेष श्रेष्ठको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, प्रदिप भारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, रेनशा वान्तवा राइको नृत्यकला छ । चलचित्रका निर्माण चित्रकार (प्रोडक्शन डिजाइनर) शंकर पाण्डे हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...