Sunday, February 18, 2018

क्यानडामा नेपाली प्रजातन्त्र दिवस

अटवा फेव्रवरी१८का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८ औं राष्ट्रिय प्रजातन्त्र दिवस-२०७४ सम्पन्न भयो । नेपाली राजदूतावासकै परिसरमा आयोजित कार्यक्रममा राजधानी अवस्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र राजधानीवासी नेपालीहरुको उपस्तथिति थियो ।

उक्तकार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत गर्दै क्यानडाका लागि नेपालका महामहिम राजदूत श्री कालीप्रसाद पोखरेलले नेपाली जनताको लामो संघर्ष र वलिदानबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्ने दिशामा वि.सं. २०७२सालमा नयाँ संविधान जारी भई हालै मात्र संघ, प्रदेश र स्थानीय निकायको चुनाव सम्पन्न भई नयाँ संविधान अनुरुप संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुको समेत गठन भएको कुरा बताउनु भयो । यसले मुलुकमा लामो समय देखि रहेको राजनीतिक संक्रमणको अन्त्य भएको र अब मुलुक आर्थिक विकाश र उन्नति तर्फ उन्मुख हुने कुरा बताउनु भयो ।

मुलुकले अब राजनीतिक स्थायित्वसँगै आर्थिक विकासको गतिलाई पनि तीव्र बनाउनु आवश्यक भएको बताउँदैं नेपाल सरकारले गैरआवासीय नेपालीहरुको सहभागिताबाट मुलुकको विकास हुने भएकोले सबैले आआफ्नो शिप दक्षता र आर्जित ज्ञान र बौद्धिकतालाई मुलुकमा लगानी गरेमात्र देश सम्वृद्धि तर्फ उन्मुख हुने कुरा राख्नु भयो । श्री पोखरेलले नेपालमा बिधुत उत्पादन उधोगधन्दा र व्यापारमा लगानी गर्न र पर्यटन प्रवर्द्वनमा सरिक भइ नेपाल-क्यानडाबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउँदै नेपालको आर्थिक विकासमा सहयोग पुर्‍याउन क्यानडाका नेपाली समुदायलाई अनुरोध गर्नुभयो।

त्यसैगरी, ओटवास्थित नेपाली समुदायको संस्था नेप्लिज् क्यानेडियन एशोसियसन अफ ओटवाका प्रतिनिधि श्री प्रभाकर रेग्मीले प्रजातन्त्र दिवस कार्यक्रम आयोजना गरेकोमा नेपाली राजदूतावासलाई धन्यवाद दिंदैं शुभ-कामना व्यक्त गर्नुभयो। कार्यक्रममा गैरआवासीय नेपाली संघ-क्यानडाका पूर्व उपाध्यक्ष तथा भाषा साहित्य एवं प्रकाशन विभागका संयोजक श्री सुरेन उप्रेतीले प्रजातन्त्र दिवसको शुभ-कामना व्यक्त गर्नु भयो। वहाँले गैरआवासीय नेपाली संघले नेपाली भाषा , साहित्यको सम्वर्द्वन गर्ने सन्दर्भमा विदेशमा रहेका नेपाली बालबालिकाहरुलाई नेपाली भाषाको ज्ञान प्रदान गर्ने उद्देश्यले कक्षा एक देखि कक्षा आठ सम्मको नेपाली पाठ्य पुस्तक प्रवासमा नेपाली शिक्षा नामक दुई पुस्तकहरु सहभागिहरुलाई द्खाउँदै ती पुस्तकहरुले विश्वभरी छरिएर रहेका नेपाली मुलका वालवालिकाहरुलाई नेपाली भाषा सिकउन सहज हुनेकुरा बताउनु भयो । भाषा रहेमात्र हाम्रो कला संस्कृति र साहित्य रहन्छ । हाम्रो पहिचान भनेकै भाषा हो भन्दै घर घरमा नेपाली वोल्न र हप्तान्तमा पढाईहुने नेपाली विधालयमा छोराछोरीलाई पढ्न पठाउन अविभावकहरु सँग आव्हान गर्नु भयो ।

कार्यक्रममा महामहिम राजदूतले नेपालको राष्ट्रिय झण्डाको झण्डोत्तोलन गर्नु भएको थियो । प्रजातन्त्र प्राप्तिकोलागि शाहदत सम्पूर्ण ज्ञात-अज्ञात शहीदहरु प्रति सम्मान र संझानामा एक मिनेट मौन धारण गरी शुरुभएको कार्यक्रमलाई दूतावासका प्रथम सचिव श्री प्रकाश अधिकारीले संचालन गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा जलपानको आयोजना गरिएको थियो । कार्यक्रममा ओटवामा रहेका विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु र अटोवामा बसोबास गर्ने नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...