Tuesday, February 13, 2018

संवैधानिक शुन्यता आउन नदिन सत्तामा रहिरहन बाध्यः मन्त्री बस्नेत

काठमाडौँ, १ फागुन : सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले मुलुकमा संवैधानिक शुन्यता नआओस् भनेर मात्र वर्तमान सरकार सत्तामा रहिरहन बाध्य भएको बताउनुभएको छ ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले छिट्टै राजीनामा दिने तथा हामी पनि चाँडोभन्दा चाँडो सत्ताबाट बाहिरिन आतुर छौँ ।”

मन्त्री बस्नेतले राष्ट्रियसभाका लागि सरकारले मनोनीत गरेका तीन जनाको नाम राष्ट्रपतिले अनुमोदन गर्ने विश्वास व्यक्त गर्दै “सरकार गठन हुँदा जुन अवस्थामा थियो, अहिले पनि त्यही हैसियतमा सरकार छ, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म कामचलाउ हुँदैन,” भन्नुभयो ।

अध्यक्ष ओलीसहित कतिपय एमालेका शीर्षनेताले वर्तमान सरकारले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएको प्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो– “एमालेका नेताहरुको लहडमा बोल्ने काम भएको छ ।”
मन्त्री बस्नेतले मुलुकमा ठूला–ठूला परिवर्तन नेपाली काँग्रेसको नेतृत्वमा भएको चर्चा गर्दै जनताको पक्षमा गर्ने निर्णयलाई कार्यान्वयन गराउन काँग्रेसले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...