Tuesday, February 6, 2018

प्रधानन्यायाधीशविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएन

२३ माघ, काठमाडौं । प्रधानन्यायाधीश गोपाल पराजुलीले नै अदालतको अवलेहना गरेको दाबी गर्दै परेको निवेदन सर्वोच्च अदालतमा दर्ता हुन सकेन ।

 

निवेदक मनोज अधिकारीले दिएको निवेदन कारण नखुलेको भन्दै रजिष्टारले फिर्ता गरेका छन् । अब कारण खुलाएर निवेदन दिएमा दर्ता वा दरपीठ हुनेछ ।

डा. गोविन्द केसीविरुद्ध परेको अवहेलना मुद्दाका क्रममा प्रधानन्यायाधीशले आफूलाई बोलाएर धम्क्याएको डा. सुरेन्द्र भण्डारीको दाबी र उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दिएको निवेदनका आधारमा अधिकारीले अवहेलनाको निवेदन दिएका थिए ।

निवेदनमा पराजुलीसँगै अधिवक्ता भण्डारी र सञ्चार माध्यमहरुलाई समेत विपक्षी बनाइएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...