Monday, February 19, 2018

राष्ट्रपतिद्वारा संघीय संसदको पहिलो अधिवेशन आह्वान

काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को पहिलो अधिवेशन आह्वान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले यही फागुन २१ गते अपराह्न ४ बजेका लागि संघीय संसद्को अधिवेशन आह्वान गरेकी हुन् ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको करिब तीन महिनापछि राष्ट्रपति भण्डारीले संसद् अधिवेशन आह्वान गरेकी हुन् ।

सरकारको सिफारिसमा अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।

संघीय संसद्को बैठक अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्नेछ । प्रतिनिधिसभा र राष्ट्रियसभालाई संयुक्त रुपमा संघीय संसद् भन्ने गरिन्छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...