Tuesday, February 13, 2018

दाँत झारेर ल्याएको सर्पलाई नाग भन्दै डसाउन खोजेपछि बाबाजीको असली रुप बाहिरियो (भिडियो)

दाँत झारेर ल्याएको सर्पलाई नाग भन्दै डसाउन खोजेपछि बाबाजीको असली रुप बाहिरियो (भिडियो)
पशुपति क्षेत्रमा गाँजाको व्यपारमा लागेका भारतीय बाबाहरु पोखरामा भने सर्पलाई नाग भन्दै व्यपार गर्नमै व्यस्त रहे । पोखराको केदारेश्वर मन्दिर परिसरमा महाशिबरात्रीको दिन बाबाजीहरुले नाग भन्दै सर्प प्रदर्शन गरे । ब्ल्याक कोब्रा बताउँदै नाग हो भन्दै उनीहरुले लठिएको सर्पलाई भक्तजनसंग खेल्न छोडिदिए । भक्तजनलाई नागको दर्शन गराउँने निहुँमा उनीहरुबाट शिबका लागी भेटी भन्दै मनग्य पैसा समेत असुल गरे । कतिपय भक्तजनहरुले नाग नभएको वा भएको भएपनि बिरामी जस्तो वा लठिएको देखेपछि वास्ता नगरी गए भने धेरैले नाग गलामा पहिरिएर फोटो भिडियो समेत खिचे । बास्तबमा उक्त नाग नभई कालो सर्प रहेको पछि उनी बाबाजीले ब्ल्याक कोब्रा नाम दिएपछि थाहा भयो । उक्त सर्पको दाँत झिकिएको साथै टोक्दा पनि बिष नलाग्ने औषधी खुलाईएको बताए । त्यही कारण सर्प बिरामी जस्तो थियो । मानिसले जता लगे पनि कुनै प्रतिक्रिया दिएको थिएन ।
थप भिडियोबाट हेर्नुहोस् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...

Popular Posts