Friday, February 9, 2018

जापान भ्रमणमा रहेको नेपाली प्रतिनिधि मण्डलबाट एन आर एन ए अध्यक्ष संग महत्वपूर्ण भेटघाट सम्पन्न

कुमारबज्र l टोकियो ,जनवरी २८ तारिख २०१८ मा जापानको टोकियोस्थित इकेगामि काइकान हलमा वर्ल्ड नेवाः अर्गनाइजेशन जापानको आयोजनामा र विभिन्न संघसंस्थाको सहयोगमा सम्पन्न भएको ‘नेवाः फुड फेस्टिभल २०१८’ मा सहभागी हुनको लागि जापान पुग्नुभएका नेवाः जागरण मञ्चका अध्यक्ष सुजीव बज्राचार्य तथा मञ्चका संयोजन समितिका सदस्य एवंम सुनचाँदी

व्यवसायी संघका संस्थापक अध्यक्ष द्वय् निरञ्जन रत्न शाक्य तथा एकीकृत वस्ती पुन:निर्माण अभियानका संयोजक मचाराजा महर्जनको टोलीले गैर आवासीय नेपाली संघ ( एन आर एन ए) का अध्यक्ष भवन भट्ट संग भेटघाट गरेको छ l

नेपालमा गएको भूकम्प पछि काठमाण्डौका पुराना वस्तीहरु अत्यन्त नाजुक स्थितिमा रहेको र उक्त पुरानो वस्तीलाई व्यवस्थित गरि परम्परागत नेवार सैलीमा पुन:निर्माण गर्न लागेको बारेमा जानकारी दिंदै एकीकृत वस्ती पुन:निर्माण अभियानका संयोजक मचाराजा महर्जनसंग बिस्तृत छलफल भएको थियो l

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लाप्राकमा एकीकृत वस्ती निर्माण गरि रहेको र काठमान्दौंमा निर्माण हुन लागेको एकीकृत वस्ती पुन:निर्माण अभियानलाई सक्दो सहयोग गर्न एन आर एन ए तयार रहेको कुरा अध्यक्ष भट्टले बताउनु भएको थियो l

काठमान्दौंको भूकम्पग्रस्त पुरानो बस्तिहरुमा भ्रमण गर्ने बाचा गर्दै बुधवारका दिन उक्त भेटघाट सम्पन्न भएको थियो l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...