Sunday, February 4, 2018

अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) द्वारा दुर्गा बहादुर पुनलाई १ हजार ७ सयको आर्थिक सहयोग

विजय थापा ,डिसी महानगर क्षेत्रको अत्यन्तै क्रियाशील सामाजिक सँस्था अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस)ले सिकिस्त बिरामी भै अस्पतालमा भर्ना हुनु भएका दुर्गा बहादुर पुनलाई १ हजार ७ सय १४ डलरको आर्थिक सहयोग गरेको छ l

उक्त संस्थाले गाडीको ठक्कर बाट घाइते भएकी सन्तोषी नेपालीलाई दुई दिन अघि मात्र $ १ हजार ३ सय ८२ डलर को आर्थिक सहयोग गरेको थियो l

लामो समय देखि अमेरिकाको भर्जिनियाको वुडब्रिज बस्दै आएका पुनलाई हृदयघात हुनु को साथै तथा दुवै मृगौला खराब कारण अस्पतालमा भर्ना गरिएको छ l बोल्न नसक्ने भएका पुन लाई उक्त रकम हस्तान्तरण गर्न नसकेको कारण उनकी पत्नी पनि ओछ्यानमै थला परेकी लाई एएनएचएस ले $ १ हजार ७ सय १४ डलरको आर्थिक सहयोग गरेको हो l

दुवै जना काम गर्ने गरेको तर बिरामीको कारण आर्थिक अवस्था कमजोर समेत हुदै गएकोले नेपाली समुदाय संग सहयोगको अपेक्षा गरि रहेको समयमा पुन परिवार लाई अमेरिका नेपाल सहयोगी समाज को पहलमा पुन कि पत्नी धन कुमारी पुन लाई आर्थिक सहयोग गरेको हो l

उक्त रकम हस्तान्तरण गर्न संस्था कि अध्यक्ष कमल खरेल संग अन्य पदाधिकारी तथा नेपाली समुदाय साथमा गएका थिए l अध्यक्ष खरेलले सन्तोषी नेपाली तथा दुर्गा बहादुर पुन लाई खुला हृदयले आर्थिक सहयोग गर्ने सवैलाई धन्यवाद दिएकी छिन् l अध्यक्ष खरेलले दुर्गा बहादुर पुनको लागि पनि रकम संकलन गर्दै गरेको बताएकी थिइन l

दुई दिन को अन्तरालमा दुर्गा बहादुर पुनलाई १ हजार ७ सय १४ डलर तथा सन्तोषी नेपालीलाई $ १ हजार ३ सय ८२ डलर जुटाई सहयोग गर्ने अमेरिका नेपाल सहयोगी समाज अग्रणी सँस्था बन्ने अवसर पाएको छ l अन्य सम्पूर्ण संस्थाहरुलाई आर्थिक सहयोग गर्ने सवालमा एएनएचएसले सबैलाई पछि पारेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...