Saturday, February 24, 2018

अन्तर विद्यालयस्तरीय ब्याडमिन्टन शुरु

काठमाडौँ, १२ फागुन : भारोत्तोलन खेलाडी स्वर्गीय सुमीलाल जोशीको पहिलो स्मृति दिवसमा उपत्यकाव्यापी अन्तर विद्यालयस्तरीय व्याड मिन्टन प्रतियोगिता शुरु भएको छ ।

बेष्टबालाजु युथ क्लब र ब्राइट हेभेन अंग्रेजी आवासीय विद्यालयको संयुक्त आयोजनामा क्लबको खेल मैदान बालाजुमा शुरु भएको प्रतियोगितामा उपत्यकाका १० विद्यालयको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन गर्नुहुँदै काठमाडौँ महानगरपालिका–१६ का अध्यक्ष मुकुन्द रिजालले विद्यालय तहदेखि युवालाईनै खेलकुदमा संलग्न गराउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

ज्ञान मन्दिर बालाजु र मनास्लु विद्यालय नयाँ बजारबीच उद्घाटन खेल भएको थियो । वेष्ट अफ थ्रीमा खेलाइएको खेलमा ज्ञान मन्दिरले सोझो सेटमा जीत हासिल गरेको क्लबका अध्यक्ष जीवन अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...