Sunday, February 11, 2018

न्यू योर्क बाट यूगान्डा गएर मैनालीले १ सय ६१ औ पटक रक्तदान गरे

जहाँ ईक्षा त्यहाँ उपाय भने झैँ चाहना राखियो भने मात्र पनि कुनै कुराले छेक्दैन l अमेरिका जस्तो मुलुकमा समय व्यवस्थापन गर्न गाह्रो पर्ने तथा दुखले कमाएको पैसा आकाशे यात्रामा खर्च गर्नु चानचुन कुरा हैन l

यस्ता सवै तगाराहरुलाई चिर्दै न्यू योर्कका समाज सेवी अर्जुन प्र मैनाली १ सय ६१ पटक रक्तदान गर्न न्यू योर्क बाट यूगान्डा गएर रक्तदान गरेका छन् l गैर आवासीय नेपाली संघ युगान्डाले आज युगान्डाको कम्पालामा रक्तदान कार्यक्रम सफलता पुर्बक सम्पन्न गरेको छ ।

नेपालीहरूको रगतले यूगान्डियनलाई बचाउदा सरकारले धन्यवाद नेपालीहरू दिउन र यो सम्पूर्ण नेपालीको लागी गौरव हो मैनालीले भने l रक्तदान कार्यक्रम गर्न सजिलो होस भन्ने हेतुले $ ५०० डलर सहयोग समेत मैनालीले पठाएका थिए l

यसको साथै त्यहाका स्थानियलाई हौशला दिन र रक्तदान गर्न न्यू योर्क देखी युगान्डा गएको मैनाली बताए l रक्तदाता अर्जुन प्रसाद मैनाली बिशेष अतिथिका रुपमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै मैनालीले नेपालिहरुले अफ्रीकी मुलुकमा आएर आफ्नो पाखुरामा सुइ घुसारी प्लास्टिकको थैला भरी रगत दिनु चानचुने कुरा नभएको बिचार ब्यक्त गर्दै जीवनमा कमसेकम एकपटक रक्तदान गर्न सबैलाई अनुरोध गरेका छन् l

कार्यक्रमका प्रमुख अतिथी ब्लड बैंक युगान्डाका प्रमुख मुगिसा विलियमले युगान्डामा रहेका नेपालीहरुको यस मानबिय कार्यको लागि आभार ब्यक्त गरेका थिए l

कार्यक्रममा एनआरएनए युगान्डाका अध्यक्ष राजमणी भन्डारी , पुर्ब अध्यक्ष रमेश कंडेल, उपाध्यक्ष बिनोद थापा, महासचिव रमेश शर्मा, सचिब गङालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, प्रबक्ता कमल भट्ट लगायतले मन्तब्य ब्यक्त गरेका थिए l

एक सय एक जनाले रक्तदान गरेको उक्त कार्यक्रममा नेपाली , भारतिय , पाकिस्तानी , अरबेयिन र स्थानिय युगान्डाका नागरिकहरुले समेत रक्तदान गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...