Monday, February 12, 2018

नेपाल आइडल सागर आलेले गरे ८ लाख ३४को जलजला लाइ सहयोग (भिडियो सहित)

युके,
नेपालको एक मात्र रियालिटी शो नेपाल आईडल बाट सफल नव गायक सागर आले अहिले सामाजिक संजालमा खुब चर्चामा आइ रहनु भएको छन् ! नेपाली हरुको मन जित्न सफल गायक सागर आले लाइ न चिन्ने सायद कोहि होला अहिले को समयमा | उहा एक सफल गायक मात्र न भै उहको सहयोगी मन पनि आज उनको स्टाटस बाट बाहिरिएको छ | अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी प्रतिभाशाली अत्यन्त सुमधुर स्वरकी धनी गायिका जलजला परियार को लागि सहयोग जुटाउने अभियान मा लागेका छन् !

नेपाल आईडलमा धेरै दर्शकको मनजितेका गायक सागर आले मगरले विभिन्न देशमा रहनु हुने सुभचिन्तकहरुको माध्यमबाट करिब ९ लाख बराबरको रकम सहयोग जुटाएर भर्खरै मात्र जलजलालाई हस्तान्तरण गरेका छन् !
आफै एक्लैले ५० हजार सहयोग गरि सकेका सागरले आफ्नो माध्यम बाट करिब ९ लाख रकम जुटाएर हस्तान्तरण गरेका हुन् भने अझै धेरै ले सहयोग गर्ने र सहायोग आउने जानकारी गरेका छन् ! एउटा नेपाली ले अर्को नेपालीलाई , एउटा कलाकारले अर्को कलाकारलाई पर्दा सहयोग गर्नु पर्छ र गरेर देखाउने सागर आले मगर र सम्पूर्ण देश विदेश बाट सहयोग गर्नुहुने सबैसबैलाई सलाम |

हेरौ उक्त भिडियो

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...