Wednesday, February 7, 2018

समका कृतिमा संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड

काठमाडौँ, २४ माघ : नाटककार बालकृष्ण समले सिर्जना गरेको कला, साहित्य र नाटकको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिइएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानले समको ११६ औँ जन्मजयन्तीको पुण्यतिथिका अवसरमा आज आयोजित स्मृतिसभा तथा सामाज परिवर्तनमा चिसो चुल्हो महाकाव्यको भूमिका विषयक गोष्ठीमा सहभागी वक्ताले उहाँका कृति लोपोन्मुख बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभएको हो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले समले सामाजिक विभेदको अन्त्यका लागि महत्वपूर्ण निर्वाह गरेको स्मरण गर्दै नेपाली कला, साहित्य र नाटकको क्षेत्रको विकासमा ठूलो योगदान रहेको बताउनुभयो ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले विसं २०११ मा तत्कालीन राजा महेन्द्रको राज्यभिषेकमा समले निर्माण गरेको ‘राजेन्द्र लक्ष्मी’ नाटक निकै अर्थपूर्ण रहेको भएपनि त्यो अहिले कतै पनि उल्लेख नभएका कारण लोप हुने खतरा रहेको बताउनुभयो ।

उहाँले लिच्छिवीकाल र मल्लकालमा देशमा नाटकको विकास भएको उल्लेख गर्दै मैथली र नेपाल भाषामा रचिएका नाटकको पनि संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको सामाजिक रुपान्तरण र ‘चिसो चुल्हो’ महाकाव्यमा कार्यपत्र प्रस्तुत गर्दै डा देवीप्रसाद सुवेदीले देशमा सामाजिक कूरीतिको अन्त्य, न्याय र समानताका लागि समले उक्त महाकाव्य रचना गरेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य–सचिव प्राडा जीवेन्द्रदेव गिरी, शिक्षा परिषद्का सदस्य–सचिव रमा शर्माले उहाँले कला, साहित्य र नाटकमा योगदान गरेकाले तीनवटै संस्थाको समन्वयमा उहाँको कृतिको खोज, अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...