Monday, February 19, 2018

एनआरएन अमेरिकाको सहायता डेस्कको उद्घाटन बिरुवामा पानी हालेर गरियो

एनआरएनए अमेरिकाले गत फेब्रुअरी १७ तारिख शनिबारका दिन टेक्सासको अष्टिनमा गमलामा रहेको बिरुवालाई पानी सिंचाइ गरि हेल्प डेस्कको उद्घाटन गरेको छ ।

एनआरएन अमेरिकाका अध्यक्ष डा. केशब पौडेल तथा उपाध्यक्ष एवम हेल्प डेस्क समिती संयोजक उमा कार्की थापाले संयुक्त रुपमा हेल्प डेस्क तथा हेल्प लाइन नम्बरको संचालनमा आएको घोषणा गरेका थिए l

उक्त दिन देखि नै ८४४६७६२८७२ नम्बर डायल गरेर प्राप्त हुने जानकारी अनुसार आफ्ना समस्या टिपाउन सकिने भएको जानकारी छापा बिज्ञप्ति मार्फत संचार संयोजक बाल जोशीले दिएका छन् l

हेल्प डेस्कलाई प्रभावकारी बनाउन सबैपक्षहरु संग समन्वय गरिरहेको र सबै च्याप्टरहरुमा च्याप्टर स्तरिय हेल्प डेस्क समिती बनाइने थापाले बताएकी थिइन् कार्यक्रममा अध्यक्ष डा. केशब पौडेलले आलोचनाका लागी आलोचना मात्रै नभएर राम्रो कामको प्रशंसा गर्नु पर्नेमा जोड दिंदै हेल्प डेस्क तथा टोल फ्री नम्बरको शुरुवात यस्तो राम्रो काम भएको विचार राखेका थिए l

हेल्प डेस्क संगै आइडी कार्ड, नेपाली भाषा पुस्तक, छात्रबृत्ती लगायतका कार्यक्रमहरुलाई सबै को सहयोगको अपेक्षा गरेको अध्यक्ष डा. पौडेलले बताएका थिए कार्यक्रमका विभिन्न पदाधिकारीले शुभकामना दिएका थिए l

कार्यक्रमका अवसरमा हेल्प डेस्कको लक्ष्य तथा उद्धेश्यका बारेमा हेल्प डेस्क समितीका सदस्य सचिव मणी नेपाली पनेरुले गरेका थिए भनेच्याप्टर अध्यक्ष भानु खरेलले स्वागत मन्तव्य तथा महासचिव पदम ठकुराठीले संचालन गरेका थिए l कार्यक्रममा अमेरिका नेपाल पत्रकार संघका अध्यक्ष भोला आश्चर्य लगायत ले पनि मन्तब्य राखेका थिए l

कार्यक्रममा स्थानीय कलाकाहरुको नृत्य संगै बरिष्ठ संचारकर्मी तथा चलचित्रकर्मी नारायण पुरीद्धारा निर्देशित नाटक समेत मंचन गरिएको थियो l

तस्बिर :हिमालपाटी अनलाइन

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...