Monday, February 12, 2018

केन्याले नेपाललाई दियो १७८ रनको चुनौती, सन्दीपले लिए ५ विकेट

काठमाडौं, माघ २९ । नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ क्रिकेटको आफ्नो चौथो खेलमा नेपालले अहिले केन्यासँग खेलिरहेको छ ।

खेल विजयका लागि नेपालले १७८ रनको चुनौती पाएको छ ।

केन्याले टस हारेर पहिले ब्याटिङ गर्दै निर्धारित् ५० ओभरमा ८ विकेटको क्षतिमा १७७ रन बनायो ।

पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्नेक्रममा ओपनिङ ब्याट्सम्यान इर्फान करिमले ४२ तथा एलेक्स ओबान्डाले ४१ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले सशक्त बलिङ गर्दै १० ओभरमा ५ मेडन राख्दै २० रन खर्चेर ५ विकेट लिए ।

शरद भेषावकर, बसन्त रेग्मी र सोमपाल कामीले समान १/१ विकेट लिए ।

जारी प्रतियोगितामा १४ विकेट लिइसकेका सन्दीपले यसअघि नामिबियाका ४, ओमनका २ र युएईका ३ विकेट लिएका थिए ।

यो खेलमार्फत् अनिलकुमार शाहले राष्ट्रिय टोलीका लागि ‘डेब्यु’ गरेका छन् । अनिल ओपनर दिलीप नाथको स्थानमा टोलीमा आएका हुन् ।

प्रतियोगिताका तीनमध्ये दुई खेलमा जित र एकमा हार व्यहोरेको नेपाल तेस्रो जितको खोजीमा छ । नेपालले नामिबिया र युएईलाई हराउँदा ओमनसँग हार व्यहोरेको थियो ।

६ राष्ट्रको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीले अर्को महिना जिम्बाब्वेमा हुने विश्वकप छनोटमा खेल्न पाउनेछन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...