Friday, February 9, 2018

कसाङ तामाङको मौलिक भाका “सिन्धु मेलम्ची हाम्रो गाउँ” (भिडियो सहित )सार्वजनिक

रोशन पोखरेल विराटनगर माघ २७ ,सफलता म्युजिक प्रालीको प्रस्तुतिमा सिन्धुपाल्चोक जिल्लाको पर्यटनको विकाशको चिनारी स्वरुप कसाङ तामाङको पहिलो लोकदोहोरी सिन्धु मेलम्ची हाम्रो गाउँ बोलको म्युजिक भिडियो युट्युवबाट सार्वजनिक छ । गायक कसाङ तामाङ र गायिका गितादेवीको आवाजमा रहेको गीतमा पर्यटन विकाश गर्नको लागी आफु जन्मेको ठाउँमा आउन आग्रह गरेका छन ।

स्वर्ग जस्तै प्यारो ठाउँ सिन्धुपाल्चोकको विभिन्न मठमन्दिर , गुम्वा र पर्यटकिय स्थाजनको बर्णन गितमा गरिएको छ । गायिका गितादेवीले आफना दर्शक तथा श्रोतालाई सिन्धुपाल्चोक मा भएका प्रकृतिक सम्पदाको दृश्यावलोकन गर्नको लागी सबैलाई अनुरोध गरेकी छन ।

कसाङ तामाङको शब्द र संगीत गितमा रहेको छ् । म्युजिक नेपालले सार्वजनिक गरेको म्युजिक भिडियोमा काजिश श्रेष्ठ, करिष्मा ढकाल, बविता श्रेष्ठ, र संजिव ठकुरीको अभिनय रहेको छ । रमेश श्रेष्ठले गितको भिडियोमा निर्देशन गरेका हुन । भिडियोलाई शक्ति प्रजोल घिमिरेले सम्पादन र सागर गौत्तमले छायांकन गरेका छन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...