Friday, February 23, 2018

व्हाइट हाउस को घेरालाई सवारी साधनले ठक्कर दिए पछि,क्षणिकलाई व्हाइट हाउस बन्द

सवारी साधनले व्हाइट हाउस को घेरा(बार)लाई सवारी साधनले ठक्कर दिए पछि क्षणिकलाई व्हाइट हाउस बन्द (लक्ड डाउन) गरिएको छ । व्हाइट हाउसका गुप्तचर सेवाले व्हाइट हाउस भवनका सुरक्षाका घेराहरु नतोडिएको सामाजिक संजाल ट्वीट मा लेखेका छन् ।

यसको साथै घटना  हुँदा कुनै गोलीबारी नचालिएको गुप्तचर सेवाले जनाएको छ । गुप्तचर सेवा अगाडी भन्दछन ,सवारी साधन चलाउने महिलालाई पक्राउ गरिएको जनाएका छन् । प्रत्यक्षदर्शीका अनुसार व्हाइट हाउस मैदानमा हलचल हुँदा सुरक्षा अधिकारीले तुरुन्तै प्रतिकृया गरेका थिए |

आश्चर्य को कुरा राष्ट्रपति ट्रम्प अस्ट्रेलिएन प्रधान मन्त्रि माल्कोम टर्न बुल लाई आतिथ्य गरि रहेका थिए । घटनाको जाचबुझ भै रहदा पनि अस्ट्रेलिएन प्रधान मन्त्रि माल्कोम टर्न बुल त्यहि थिए ।

गुप्तचर सेवा का अनुसार कुनै पनि सुरक्षा निकायका कुनै पनि अधिकारीहरुलाई हानी नभएको उल्लेख डब्लुटिओपी ले समाचार लेखेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...