Tuesday, February 6, 2018

अमेरिकाले स्पेसएक्स नामक अन्तरिक्षयान चन्द्रमा मा पठायो

फेब्रुअरी ६ ,अमेरिकाले स्पेसएक्स नामक अन्तरिक्षयान चन्द्रमा मा पठाएको छ l आकारमा ठूलो नयाँ रकेटको पहिलो परीक्षण अन्तर्गत उडान गरिएको छ l फाल्कन भारी रकेट मङ्गलबार दिउँसो चन्द्रमा पठाउन करिब ५० वर्ष अघि नासा द्वारा प्रयोग गरिएको एउटै फ्लोरिडा प्रक्षेपण केन्द्र बाट धुवाको मुस्लो छोड्दै चन्द्रमा तर्फ लागेको छ l

अहिले सम्म कै अत्यन्तै शक्तिशाली अन्तरिक्षयान स्पेसएक्स मानिएको छ l केनेडी अन्तरिक्ष केन्द्रमा रहेको स्पेसएक्स का तीन वर्धकहरू र २७ वटा यन्त्रहरू छन्। यस पटक नासाले चन्द्रमा मा पठाएको हैन l स्पेसएक्स प्रतिष्ठानले पठाएको हो भने यसका संस्थापक ईलोन मस्क हुन् l स्पेसएक्स प्रतिष्ठानका अनुसार यसको मुल्य एक पटक को प्रक्षेपणमा करिव ९ करोड डलर ( ९० मिलिएन डलर )खर्च लाग्ने बताएको छ l

संस्थापक एलेन मस्कले अन्तिम लक्ष्य भनेको मनुष्य लाई अन्तर्ग्रहीय प्रजाति बनाउनको लागी मंगलमा एक वस्ती बनाउने बताएका छन् l यसको वजन १५ सय टन रहेको छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...