Thursday, February 8, 2018

शुक्रबार सरकार हस्तान्तरणको मिति टुंगो लाग्छ : विश्वप्रकाश

विशाल नेम्वाङ : झापा, माघ २५ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले फागुन दोस्रो हप्तासम्ममा नयाँ सरकार बन्ने बताएका छन् ।

बिहीबार झापाको बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले शुक्रबार साँझसम्ममा सरकार हस्तान्तरणको गते नै टुंगो लाग्ने बताए ।

संवैधानिक प्रक्रियाका कारण सरकार हस्तान्तरणमा केही ढिलाइ भएपनि राष्ट्रियसभा सदस्य निर्वाचन सकिएकाले अब सत्ता हस्तान्तरण गर्न केही कुरा बाँकी नरहेको उनको भनाइ छ ।

पछिल्लोपटक सरकारले गरेको निर्णयले मुलुकलाई दूरगामी असर नपर्ने जिकिर गर्दै उनले वर्तमान सरकारले गरेको राम्रा निर्णयलाई नयाँ सरकारले पनि निरन्तरता दिनुपर्ने बताए ।

एक फरक प्रसंगमा उनले कांग्रेसभित्र रुपान्तरणको आवश्यकता रहेको भन्दै पार्टी रुपान्तरण वडा, तह, नगर, जिल्ला हुँदै देशभर लैजाने अभियानमा कांग्रेस रहेको बताए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...