Tuesday, February 13, 2018

भ्यालेन्टाईन डे मा अनिल सिंहको “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक

गायक अनिल सिंहको नयाँ नेपाली पप गीत “सु-स्वागतम” म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुरेन श्रेष्ठद्वारा निर्देशित यस भिडियोमा मोडल तमन्ना शर्मा र सुरेन श्रेष्ठले एकदमै स्वागतयोग्य अभिनय गरेर दर्शक तथा स्रोतालाई आनन्दित र लठ्ठै पार्ने प्रस्तुति प्रस्तुत गरेका छन् । विल्कुलै फरक धारमा निर्मित ““सु-स्वागतम”” पप म्यूजिक भिडियोमा गायक तथा संगीतकार अनिल सिंहको संगीत रहेको छ।

त्यस्तैगरी नरेश भट्टराईको शब्द र विशाल पौडेलको एरेञ्जरमा तयार पारिएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् भने टेक बयलकोटीले छायांकन गरेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...