काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि प्रधानमन्त्री ओलीले सोमबार दोस्रोपटक नेकपा एमाले र माओवादी केन्द्रबाट दुई/दुईजनालाई सरकारमा सामेल गरेका हुन् ।
एमालेबाट महासचिव ईश्वर पोखरेल–रक्षा र डा. युवराज खतिवडा–अर्थमन्त्री बनेका छन् भने माओवादी केन्द्रबाट रामबहादुर थापा–गृह र मातृका यादव–उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनेका छन् ।
यससँगै मन्त्रिपरिषद सात सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीले आफूले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबारै राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहमा प्रधानमन्त्री ओलीको उपस्थितिमा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।
No comments:
Post a Comment