Thursday, February 15, 2018

पार्टी एकता प्रक्रियाले ठोस रुप लिएपछि सरकारमा जान्छौँः महरा

काठमाडौँ, ३ फागुन : नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेकपा(एमाले)सँगको पार्टी एकता प्रक्रियाले ठोस रुप लिएसँगै आफूहरु सरकारमा जाने बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण समारोहमा पत्रकारसँग प्रतिक्रिया दिँदै नेता महराले पार्टी एकता संयोजन समितिको बैठक निरन्तर बसी छलफल जारी नै भएको हुँदा निष्कर्ष निकालेपछि मात्र सरकारमा जाने स्पष्ट गर्नुभयो ।
–––

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...