Sunday, February 4, 2018

जनकवि दुर्गालाल श्रेष्ठ तथा गायक एवं संगीतकार योगेश वैद्य सम्मानित

४ फरवरी, वाशिंटन डिसी,
वरिष्ठ साहित्यकार एवं नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित गीत वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यको “फरगट्टन मेलोडिज” र गायिका रिता महर्जनको “रिता एट हर वेष्ट”  नेपाल भाषाका दुई गीति एल्बमको विमोचन काठमाडौंमा सम्पन्न भएको छ ।
सितामा स्मृति संगीत किर्तिपुरको आयोजनामा भएको सो कार्यक्रममा जनकवि श्रेष्ठ र गायक वैद्यलाई प्रमुख अतिथि प्रसिद्ध गायक प्रेमध्वज प्रधान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित वास्कोटाले सम्मान गर्नु भएको थियो ।
सिता महर्जनको नाममा स्थापित सितामा स्मृतिका संरक्षक कृष्णहरि महर्जनले संगीत क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले रु. १० लाख अक्षयकोष स्थापना गरेको  जानकारी दिनु भएको थियो ।
शिक्षाविद् सुवर्ण शाक्यको अध्यक्षता सम्पन उक्त कार्यक्रममा वरिष्ठ गीतकार चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ कवि एवं गीतकार रत्न शमशेर थापा, वरिष्ठ कवि एवं गीतकार कलीप्रसाद रिजाल, डा. कृष्णहरि वरालले जनकवि श्रेष्ठ र गायक वैद्यको योगदान वारे मन्तव्य राख्नु भएको थियो ।
यस सम्मानले आफु ज्यादै हर्षित भएको जनकवि दुर्गालालले बताउनु भयो। गायक वैद्यले जनकवि दुर्गालालको गीत गाउँदाको अनुभुति बताउनु भयो ।
गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति वल्लभ, प्राज्ञ उन्नती बोहरा लगायतले शुभकामना मन्तव्य दिनु भएको सो कार्यक्रममा संयोजक गायिका रिता महर्जनले उक्त एल्वमको गीत गाउनु भएको थियो।
(www.vpkonlinenews.com सँग सहकार्य)

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...