Monday, February 26, 2018

नायिका जस्ती गायिका शुशिला पाठकले जन्मदिनको अबसरमा लिएर आईन “सानीलाई” (भिडियो सहित)


काठमाडौं । पछिल्लो समय एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पूर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी गायिका शुशिला पाठकले आफ्ना दर्शक श्रोताहरुको लागि भनेर आफ्नो जन्मदिनको अबसरमा निकैनै उत्कृष्ट गीतको म्युजिक भिडियो सार्बजानिक गरेकी छिन l छोटो समयमा चर्चाको शिखरमा पुगेर सांगीतिक क्षेत्रमा तहल्का मच्याउन सफल गायिका शुशिला पाठकले सांगीतिक जन्मदिन मनाएकी हुन् । अहिले आफुलाई सांगीतिक क्षेत्रमा अब्बल गायिका बनाउने दौडमा रहेकी गायिकाले जन्मदिनको अवसर पारेर आफ्ना फ्यान फलोअर्स र शुभेच्छुकका लागि उपहार भन्दै आफ्नै स्वर तथा अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

समाजका विभिन्न बरिष्ट व्यक्तित्वहरु, संगीत तथा पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तित्वहरु लगायत परिवार र नजिकका साथीभाईहरुको उपस्थितिमा गायिका शुशिलाले केक पनि काटेकी थिइन् । शुशिलालाई उनका गुरु तथा बरिष्ठ संगीतकार शिलाबहादुर मोक्तानले बधाई तथा शुभकामना मन्तव्य दिएका थिए ।

 

आधुनिक डान्सिङ बिटको ‘सानी’लाई बोलको गीतको प्रिमीयर सो गरेपश्चात पाठकले आफुलाई यो गीतले अघि बढ्नमा निकै सहयोग गर्नेमा विश्वस्त रहेको बताइन् । आफुलाई छोटो समयमा नै स्थापित हुनलाई सहयोग गर्ने सम्पूर्ण फ्यान फलोअर्स र शुभेच्छुकका लागि आफु सदैव ऋणी रहेको सदैव यस्तै मायाको अपेक्षा गरेको उनले बताइन् ।

कुमार शिवाकोटीको शब्द तथा कल्याण सिंहको संगीत रहेको उक्त गीतको म्यूजिक भिडियोमा गायिका आफैले कम्मर मर्काएकी छिन् । बिशाल पौडेलेले एरेन्ज गरेको गीतमा सुम्निमा, राज र मिलनको कोरियोग्राफी रहेको छ । सचिन थापाले म्यूजिक भिडियोको निर्देशन गरेका हुन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...