Saturday, February 24, 2018

अस्पतालमा जनशक्तिको अभाव पुरा गर्छौ : मन्त्री सोडारी

कञ्चनपुर, १२ फागुन: प्रदेश नं ७ का सामाजिक विकास मन्त्री दीर्घ सोडारीले महाकालीअञ्चल अस्पतालमा चाँडै दक्ष जनशक्तिको व्यवस्था मिलाइने बताउनुभएको छ ।

आज कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पतालमा हात्तीपाइले (फाइलेरिया) रोग निवारण अभियान २०७४ को शुभारम्भ गर्नुहुदै उहाँले लामो समयदेखि चिकित्सकको अभाव खेप्दै आएको अस्पतालमा चिकित्सकको व्यवस्था मिलाइने बताउनुभयो ।

अस्पतालको भौतिक पूर्वाधार विकासको कार्यसमेत अगाडि बढाउन तत्पर रहेको उहाँले बताउनुभयो । अस्पतालमा चिकित्सकको अभाव हँदा सामान्य बिरामीले समेत उपचार गराउन भारत तर्फ जानुपर्ने बाध्यता रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...