Friday, February 16, 2018

सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्न सकोस्ः देउवा

काठमाडौँ, ४ फागुन: नेपाली काँग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तामाङ जातिकोे पर्व ‘सोनाम ल्होसार’ र शेर्पा जातिको पर्व ‘ग्याल्बो ल्होसार’ का उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका तामाङ तथा शेर्पा समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

“तामाङ र शेर्पा जातिको नयाँ वर्षका रुपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै आएको छ । यस पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको छ”, उहाँले आज दिनुभएको शुभकामना सन्देशमा उल्लेख छ । उहाँले सोनम र ग्याल्बो ल्होसारले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भनी शुभकामना दिनुभएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...