Sunday, February 25, 2018

समुदायलाई नि:शुल्क स्वास्थ्य जाँच दिने उद्धेश्यले आन्वा द्वारा प्रेम दिवस नामक कार्यक्रमको आयोजना र अर्थ सङ्कलन

 

विजय थापा ,वाशिंगटन डिसी ,अमेरिकाको डिसी महानगर क्षेत्रमा आधिकारिक रुपमा सन् २००५ मा स्थापना भएको अमेरिका नेपाल महिला संघले गत फेब्रुअरी २४ तारिख समुदायलाई नि:शुल्क स्वास्थ्य जाँच दिने उद्धेश्यले प्रेम दिवस नामक कार्यक्रमको आयोजना गर्दै अर्थ सङ्कलन गरेको छ ।

गत फेब्रुअरी १४ तारिख प्रणय दिवस (भ्यालेनटाईन )दिवस सम्पन्न भएता पनि अमेरिकाको व्यस्त समय र सबैलाई समेट्ने हेतुले बिदा को दिन बनाएर भ्यालेनटाईन पार्टी ( प्रेम दिवस उत्सव ) हर्सौल्लास का साथ मनाईएको छ ।

कार्यक्रमको मुख्य ध्येय अर्थ संकलन गर्ने र मनोरंजन गर्ने हेतुले गरिएकोले यसै संघ संग सम्बन्धित सदस्य तथा यसका शुभ चिन्तक हरुले आ आआफ्ना प्रस्तुति गरेका थिए । कार्यक्रममा सँस्था कि अध्यक्ष बिजया साह ले सबै लाई स्वागत गर्दै मनोरंज्मा सरिक हुन् आब्हान गर्नु भएको थियो । त्यसै गरि निशुल्क स्वास्थ्य शिविर संग स्थापना कला देखि नै निशुल्क स्वयम सेवक रुपमा काम गर्दै आउनु भएका चिकित्सक महेश्वर बैद्य ले र मेरिल्याण्ड र भर्जिनिया मा स्थापित उपचार कक्षले सामना गरेका चुनौती ,समस्या तथा आन्वाले गरेको काम को बारेमा बोल्नु भएको थियो ।

यसै गरि स्थापना काल देखि नै सकृय तथा आन्वा कि पूर्व अध्यक्ष रीता तिवारीले समुदाय कै लागि समर्पित आन्वा ले गरेका प्रयासलाई समर्थन गर्न आग्रह सहित यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यसै गरी आन्वा कि पूर्व अध्यक्ष माधवी कार्की बस्नेतले पनि संक्षेपमा कार्यक्रम को लक्ष्य सहित आयोजना गर्नु पर्ने कारण बारेमा बोल्नु भएको थियो ।

कार्यक्रम संचालन आन्वा का पूर्व अध्यक्ष बिष्णु कुमारी थापाले गर्नु भएको थियो भने सर्बप्रथम संस्थाकि वर्तमान अध्यक्ष बिजया साह तथा पति डा सुकदेव साह तथा डा श्याम कार्की को जोडीले गुलावको फूल दिएर केही शब्द राखेका थिए ।

कार्यक्रममा उपस्थित स्वास्थ्य परिचारिका तथा स्वयम सेवक रुपमा काम गर्ने चिकित्सक तथा अन्य स्वयम् सेवकलाई पनि परिचय गराईएको थियो । कार्यकमको लागि स्वादिष्ट भोजन र अन्य खाध्य सामाग्रीहरु सदस्य तथा शुभ चिन्तकहरुले प्रायोजन गरेका थिए । कार्यक्रममा मिनाक्षी साह ,सुनिता अमात्य लगायतले आफ्ना प्रतिभा प्रस्तुति गरेका थिए ।

कार्यकममा चिट्ठा पनि खेलाईएको थियो भने कार्यक्रममा स्वयम् सेवक रुपमा डिसी क्षेत्रका अन्य संघ/संस्थाका प्रतिनिधिहरु जोडीका साथमा प्रेम दिवस को झझल्को दिदै रातो पोशाकमा आएका थिए । आन्वाका सदस्य तथा समितिका पदाधिकारीहरुमा भवानी शर्मा ,सरला पाण्डे,एनओएका अध्यक्ष बबिता प्रधान श्रेष्ठ ,एनपीपीए का पूर्व अध्यक्ष सरोज प्रजापति ,एनपीपीएका शान्ति श्रेष्ठ ,एनसीसीईका अध्यक्ष खिलेन्द्र न्यौपाने ,एनओए का पूर्व अध्यक्ष राम लाल श्रेष्ठ लगायत ले पनि स्वयम् सेवक रुपमा सहयोग गरेका थिए ।

अमेरिका नेपाल महिला संघ ५०१ (सी ) ३ मा दर्ता भएको मुनाफा रहित संस्था हो भने मुख्य लक्ष्य यस क्षेत्रका महिलाहरुलाई बिशेष गरि सशक्तिकरण गर्दै यस्ता क्रियाकलापको बारेमा चेतना जगाउने र एक आपसमा अन्तरक्रिया गराउने रहेको छ । आन्वाले बेला बेलामा आगन बिक्रि(यार्ड सेल) तथा नेपालमा रहेका गरिव तथा जेहेन्दार बिद्यार्थीको लागि छात्रवृद्धि पनि संचालन गरि रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...