Tuesday, February 6, 2018

माघ २३, काठमाडौं । गायक युवराज चौलागाईको स्वरको नयाँ गीत ‘मनको सुन्दर फुलबारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विपिन किरणको शब्द तथा लक्ष्मण श्रेष्ठको संगीतको सो  गीत आधुनिक शैलीको छ ।
विन्ध्यावासिनी म्युजिक प्रा लीद्वारा प्रस्तुत गरिएको उक्त भिडियोलाई निर्देशक काजिश निर्देशन गरेका हुन् । अजय रेग्मीद्वारा छायांकन गरिएको भिडियोमा मायामा भएको  विचलनलाई चित्रण गरिएको छ । गितको एरेन्ज सचिन सिंहले गरेका हुन । म्युजिक भिडियोमा अनु शाह , प्रविन ठकुरी  र दिपक श्रेष्ठले अभिनय गरेका छन् । मायाको फुलबारी भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् ।
हेर्नुहोस म्युजिक भिडियोः

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...